Comments Add Comment

सीजी होल्डिङ्स स्वामित्वमा आएपछि ‘आइसबर्ग’ नयाँ स्वादका साथ बजारमा

१७ फागुन, काठमाडौं । नेपालको पूरानो र लोकपि्रय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ स्वादका साथ बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सीजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकपि्रय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्पि्रङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर भएको कम्पनीको दावी छ ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ ।

विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि पि्रमियम फिचरमा बजारमा ल्याइएको हो यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ ।

आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको हो । कम्पनीले  विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लन्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment