+
+
Shares

अब आलियाको आफ्नै होम प्रोडक्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १४:१४

बलिउडमा कलाकारहरुले आफ्नै होम प्रोडक्शन खोल्ने र चलचित्र तथा वेव सिरिज बनाउने लहर नै चलेको छ । नायिका दीपिका पादुकोणले आफ्नै होम प्रोडक्शन संचालन गरेर चलचित्र निर्माणमा हात हालेकी छिन् ।

अब, नायिका आलिया भट्टले पनि होम प्रोडक्शन संचालनमा ल्याएकी छिन् । आलियाले सामाजिक संजालबाट यसको बारेमा जानकारी दिदै होम प्रोडक्शन सुरु गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकीछिन् ।

आलियाले सुरु गरेको होम प्रोडक्शनको नाम ‘इटरनल सनसाइन’ राखिएको छ । उनले लेखेकी छिन्–‘आफ्नै होम प्रोडक्शन सुरु गर्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’

आलियाले अब चाडै नै चलचित्र निर्माण गर्ने तयारी समेत थालेकी छिन् । आलियाले आफ्नो होम प्रोडक्शनको लोगोमा विरालोको चित्र समेत समावेश गरेकी छिन् । आलियालाई विरालो निकै मनपर्ने भएकाले पनि उनले लोगोमा समावेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?