१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।
आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’
आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4