+
+
Shares

‘वीगर मुस्लिमको जनसंख्या घटाउने चीनको नीति’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १४:४६

१९ फागुन, काठमाडौं । चीनले सिन्चियाङ प्रान्तमा वीगर मुस्लिमको जनसंख्या घटाउने नीति लिएको उच्च स्तरीय चिनियाँ अध्ययनले देखाएको बीबीसीले बताएको छ । बीबीसीका अनुसार वीगर र अन्य अल्पसंख्यक मानिसहरुलाई घरभन्दा निकै टाढा नयाँ रोजगारीमा पठाउँदै उनीहरुको जनसंख्या घटाउने चीनको नीति छ ।

चीनले भने जनसंख्या परिवर्तनको लागि कुनै पनि कदम नचालिएको दाबी गर्दै आएको छ । चीनले रोजगारीका लागि अन्यत्र पठाउनुको उद्देश्य मानिसहरुको आम्दानी बढाउँदै उनीहरुलाई चरम गरिबीबाट बाहिर ल्याउनु रहेको स्पष्ट पारेको छ ।

यद्यपि प्रमाणले भने मानिसहरुलाई शिक्षा दिन बनाइएका विभिन्न क्याम्प बनाउनुको उद्देश्य पनि मानिसहरुको जीवनशैली र सोचाइमा परिवर्तन गर्दै वीगर समुदायको जनसंख्या घटाउने नीति देखिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार उच्च स्तरीय चिनियाँ अध्ययनको यो रिपोर्ट भुलवश अनलाइनमा प्रकाशित भएको थियो । त्यसका साथै बीबीसीले पनि यस विषयमा थप अनुसन्धान गरेको थियो ।

चीनमाथि वीगर समुदायका मानिसहरुको अधिकार हनन गरेको र उनीहरुमाथि ज्यादती गरेको आरोप लाग्दै आएको छ । पश्चिमा मुलुकहरुले पनि उनीहरुको मानव अधिकारको विषयलाई उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?