+
+
Shares

म्यानमार : प्रदर्शनकारीमाथिको प्रहरी दमनमा बुधबार ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १५:३१

१९ फागुन, काठमाडौं । बुधबार म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

बुधबार म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा दुई जनाको मृत्यु भएको छ भने मुख्य सहर यान्गोनमा एकजनाको मृत्यु भएको छ । त्यस्तै सेन्ट्रल टाउनमा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भएको छ । त्यस्तै मयिङयानमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

यस विषयमा सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?