Comments Add Comment

‘पोई पर्यो काले’को सिक्वेलमा विवाद, शिशिर र दिक्पालमा कसले कुरा बुझेनन् ?

नायक तथा मोडल दिक्पाल कार्कीले आफ्नो जन्मदिनको अवसरमा निर्देशक शिशिर राणाको नयाँ चलचित्र साइन गरे । उनले, शिशिरसँग चलचित्र ‘पोई पर्यो काले’को सिक्वेलमा काम गर्न लागेको पनि उल्लेख गरेका छन् । शिशिर राणाले आफूलाई जन्मदिनमा चलचित्र उपहार दिएको भन्दै उनी खुशी देखिएका छन् ।

दिक्पालको यो भनाई सार्वजनिक भएसँगै चलचित्र ‘पोई पर्यो काले’का निर्माता किरण नेपाली आक्रोशित देखिए । उनले, आफूसँग अनुमती नै नलिई चलचित्रको सिक्वेल बनाउन लागिएको भन्दै आपत्ती जनाए । उनले, यो चलचित्रको सिक्वेलको रुपमा आफूले ‘पोई पर्यो बुढो’ बनाउने र चलचित्रको सिक्वेल बनाउने अनुमती शिशिर राणासँग नभएको बताए ।

निर्माता नेपालीको असहमती सार्वजनिक भएपछि निर्देशक शिशिर राणाले दिक्पालले कुरा नवुझेको तर्क गरेका छन् । उनले, ‘पोई पर्यो काले’का निर्देशकको चलचित्र भन्नु पर्नेमा दिक्पालले सिक्वेल भनेको प्रतिक्रिया दिएका छन् । तर, दिक्पालको भनाइलाई आधार मान्ने हो भने निर्देशक राणाले उनलाई चलचित्र ‘पोई पर्यो काले’को सिक्वेलको रुपमा नै साइन गराएको वुझ्न सकिन्छ ।

गतबर्ष रिलिज भएको चलचित्र ‘पोई पर्यो काले’मा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘रंग वैजनी र च्याम्पियन’ असफल भएपछि चलचित्र क्षेत्रमा खासै नजमेका दिक्पाल मोडलिङमै अगाडि बढिरहेका छन् । तर, उनलाई शिशिरले जन्मदिनमा दिएको उपहार विवादमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment