+
+
Shares

सेन्टर फ्रुटको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा, ‘मुड टिङ टङ’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते २१:२२

चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी चर्चित नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको घोषणा गरेको छ । अब स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा ‘मुड टिङ टङ’मार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ ।

‘पट्यार लाग्दो अवाच्छित पलहरुमा एकपटक मूडलाई जागा गरिदिनाले त्यो  लामो समय सम्म कायम रहन्छ । सेन्टर फ्रुट को नयाँ विज्ञापनले जीवनमा आइपर्ने दृश्यको एक त्यस्तै हिस्सालाई प्रस्तुत गरेको छ,’ कम्पनीले भनेको छ ।

विज्ञापनमा देखिएकी स्वस्तिमा एक त्यस्तै किसिमको पट्यारिलो अवस्थामा पर्छिन्, जस अनुसार उनी बस बिसौनीमा बसको पर्खाइमा हुन्छिन् तर अचानक बस आउन ढिलो हुने हुन्छ । यस्तैमा उनले सेन्टर फ्रुट चपाएर फुक्छिन् जसको रसिलो फलको स्वादले तत्कालै उनको जोश जागृत गराइदिन्छ ।

उनमा आएको यो जोशले उनी सँगसँगै त्यहाँ बसिरहेका अन्य यात्रुहरुलाई पनि उत्साहित तुल्याउँछ । यसको उद्देश्यलाई साँचो बनाउँदै यो सेन्टर फ्रुट एकजना र सबैलाई उद्दार गर्ने ब्राण्डको बाचाअनुसार मूड जगाएरै छाड्छ ।

नयाँ प्रचार अभियान र साझेदारीका अवसरमा मन्तव्य राख्दै कन्टि्र मेनेजर मयन्क पाण्डेले भने,’हामी सेन्टर फ्रुट को साथमा स्वस्तिमा खड्कालाई पाउँदा र पर्फेटी भान मेल्ले परिवारको एक हिस्सा बन्नपाएकोमा अत्यन्त हषिर्त एवं उत्साहित भएका छौं । उहाँको हँसिलो स्वभाव र जीवन्त जोश नै ब्राण्डको व्यक्तित्वको प्रतिबिम्ब हो । हामी विश्वस्त छौं, यो साझेदारीले हाम्रा श्रोता, दर्शकसँग सेन्टर फ्रुटको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेछ ।’

साझेदारी प्रतिआफ्नो प्रतिबद्धता जाहेर गर्दै स्वस्तिमा खड्काले भनिन्,’गएको केही महिनामा मैले सिकेको कुरा यही हो कि अवस्था जे जस्तो भएता पनि जीवनमा प्रफुल्लित र हषिर्त रहनु महत्वपूर्ण हुँदो रहेछ । मैले यो ब्राण्डसँग आबद्ध हुनपाएकोमा गर्वको महसुस गरेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?