Comments Add Comment

बमको हल्लाले केही समय ताज महल बन्द

२० फागुन, काठमाडौं । भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द भएको छ । उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताज महलमा बम राखिएको सूचना दिएका थिए । प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताज महलबाट निकाल्न आग्रह गरेका थिए । यो सूचनासँगै प्रहरीले ताज महलबाट सबै पर्यटकलाई बाहिर निकालेर केही समय ताज महल बन्द गराएको थियो । जाँचमा बम नभेटिएसँगै पुनः ताज महल खुला गरिएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले अहिले गलत सूचना दिने व्यक्तिको खोजी भइरहेको बताएका छन् । प्रहरीले ताज महिलामा कुनै पनि विष्फोटक पदार्थ नभेटिएकाले उक्त सूचना अफवाह फैलाउन दिइएको भन्दै ढुक्क हुन मानिसहरुलाई आग्रह गरेको छ ।

ताज महल भारतको पुरातत्व विभागको संरक्षणमा रहेको क्षेत्र हो । यो क्षेत्रलाई सशस्त्र केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)ले सुरक्षा दिँदै आएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण गत वर्षको मार्चदेखि बन्द रहेको ताज महल सेप्टेम्बरबाट पर्यटकहरुका लागि खुला गरिएको थियो ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment