Comments Add Comment

नेपाल–पाकिस्तान सीधा हवाई उडान आवश्यक : राजदूत अधिकारी

२० फागुन, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल र पाकिस्तानको बीचमा व्यापार र आर्थिक सहकार्यको ठूलो सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्नका लागि सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

इस्लामावाद चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टीले बुधबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत अधिकारीले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले सीधा उडानको सम्भाव्यताबारे अध्ययन गर्न आवश्यक रहेको बताए ।

‘दुई देशको बीचमा व्यापार प्रवर्द्धन गरिएमा यसले बेरोजगारीको अन्त गर्न सहयोग गर्नुका साथै जनताको जीवनस्तरमा सुधार आउँछ’ उनले भने ।

राजदूत अधिकारीले दुवै देशमा अग्ला हिमाल रहेकाले नेपाल र पाकिस्तानको बीचमा पर्यटनमा सहकार्यको प्रचुर सम्भावना रहेको पनि बताए । उनले अगाडि भने,‘पाकिस्तानका उद्योगी, व्यापारीहरुले नेपालको भ्रमण गर्नुपर्छ र नेपालका उद्योगी व्यापारीलाई पनि पाकिस्तान ल्याउन म पहल गर्नेछ छु ।’

अधिकारीले नेपालले पाकिस्तानसँग व्यापार प्रवर्द्धन गर्न चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment