+
+
Shares

पाकिस्तानी प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १४:१७

२० फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत लिने भएका छन् । उनको पार्टीले सिनेटमा सबैभन्दा चर्चित इस्लामाबादको सिट हारेसँगै खानले संसदमा विश्वासको मत लिने घोषणा गरेका हुन् ।

आधिकारिक रुपमा अझै नतिजा सार्वजनिक भएको छैन तर महत्वपूर्ण क्षेत्रमा हारेसँगै सिनेटमा सत्तारुढ पार्टी केही कमजोर देखिएको आकलन छ । बुधबार पाकिस्तानमा सिनेटको निर्वाचन भएको हो । यो निर्वाचनमा संसद्को तल्लो सदन र मुलुकका प्रान्तहरुका संसद्ले भोट हाल्न पाउँछन् ।

आधिकारिक रुपमा नतिजा सार्वजनिक नभएपनि इस्लामाबादमा विपक्षी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी विजयी भएका छन् । उनले सरकारका वित्तमन्त्री अब्दुल हाफिज शेखलाई हराएका हुन् । इस्लामाबादको निर्वाचनको नतिजाले प्रधानमन्त्री खानलाई धक्का पुगेको छ । उनले व्यक्तिगत हिसाबमा पनि वित्तमन्त्रीलाई जिताउन आग्रह गरेका थिए ।

पाकिस्तानमा प्रत्येक तीन वर्षमा सिनेटका आधा सदस्यको लागि निर्वाचन हुन्छ । यसअघि प्रधानमन्त्री खानको पार्टीले पारदर्शिताको लागि खुला मतदानको प्रस्ताव गरेको थियो । तर, सर्वोच्च अदालतले यस किसिमको अभ्यास असंवैधानिक हुने ठहर गरेको थियो ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?