+
+
Shares

मोटरल्याण्डले दियो मृतकको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति 

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १७:४२
फाइल तस्वीर

२० फागुन, काठमाडौं । कार रेसिङ दुर्घटनामा परी मृत्यु भएका किशोरको नाममा अल्टिमेट हिमालयन मोटरल्याण्डले बिमा रकमसहित २० लाख रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटना बिमाबापत ५ लाख र मोटरल्याण्डले १५ लाख गरी कुल २० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

शाहसिक र मनोरञ्जनात्मक भनेर खेलाइएका कार रेसिङ दुर्घटनामा परी काठमाडौंको बौद्ध तिनचुलीका १६ वर्षीय तेन्जिन छोन्जिन शेर्पाको फागुन १५ गते मृत्यु भएको थियो । भक्तपुरको धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा कार रेसिङको क्रममा उनी दुर्घटनामा परेका थिए ।

मोटरल्याण्ड र बिमाबाट प्राप्त उक्त रकम मृतकका आफन्तले विभिन्न सामाजिक संघसंस्थालाई हस्तान्तरण गरेका छन् । ओलाङचुङ समाज कल्याण परिवार बौद्ध, टेहो समाज बौद्ध, तिङगे समाज बौद्ध, घुन्सा गुम्बा ताप्लेजुङ र सम्बोट हाइस्कुललाई उक्त रकम मृतकका परिवारले हस्तान्तरण गरेका हुन् । रकम पाएका संघसंस्थाले पनि उक्त रकम सामाजिक काममा प्रयोग गर्ने छन् ।

यसैगरी नेपाल अटोमोबाइल्स एसोसिएसनले कार रेसिङमा परेर तेञ्जिनको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै उनको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।

साथै एसोसिएसनले हरेक वर्ष हुने राष्ट्रिय काटिङ प्रतियोगितामा उनको स्मृतिमा पुरस्कार वितरण गर्ने, उक्त पुरस्कार मृतक परिवारको हातबाट वितरण गर्ने लगायतको प्रतिवद्धता जाहेर गरेको छ ।

एसोसिएसनका अध्यक्ष दशरथ रिसालले मोटर स्पोर्ट खेलमा यस प्रकारको दुःखद् घटना नहोरिन दिनका लागि बढी सावधानी अपनाउन चाहिने पूर्वधार तथा साधनस्रोत तयार गरेर मात्र राष्ट्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय खेल र दैनिक खेल वा तालिम सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?