Comments Add Comment

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,विजेताले ५ लाख पाउने

२१ फागुन, नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ ।

यस पटक विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

विगतमा जस्तै नेपालका चर्चित क्लबसँगै भारत र बंगलादेशका क्लबलाई यसपटक पनि प्रधानमन्त्री कपमा सहभागी गराउनका लागि नेपाल भलिबल संघमार्फत पहल गरिए पनि कोरोना महामारी पूर्णरुपमा नियन्त्रण भइनसकेका कारण विदेशी टोली आउन नसक्ने जानकारी प्राप्त आयोजकले जनाएको छ । गत वर्ष पनि कोरोना कहरका कारण विदेशी क्लबको सहभागिता रहन सकेन ।

कोभिड-१९ को महामारी अझै पनि नियन्त्रण भइनसके पनि विस्तारै खेलकुद गतिविधि भने सुरु भएकाले स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै प्रधानमन्त्री कप आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ व्यवस्थापनलाई विशेष ध्यान दिएको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

मिस नेपाल नम्रता श्रेष्ठ सातौं प्रधानमन्त्री कपको सदभावना दूतको रुपमा छिन् । सगरमाथा टाइटल स्पोन्सर रहेको प्रधानमन्त्रीकपको सातौं संस्करणमा राष्ट्रिय वाणिज्य बैंक पावरड बाई पार्टनर रहेको छ ।

यसपटक २०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब , दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment