Comments Add Comment

पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

२१ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

सात जनामा कोभिड-१९ पोजेटिभ देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले बिहीबार पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

सहभागी फ्रेन्चाइज मालिकसँग छलफलपछि खेलाडी र लिगमा सहभागी अन्य व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग तत्कालका लागि स्थगित गरिएको बोर्डले जनाएको छ ।

फेब्रुअरी २० देखि लिग सुरु भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले सबै सहभागिको सुरक्षामा ध्यान दिने बताउँदै सबै सहभागिको पिसिआर टेष्ट गरिने, भ्याक्सिन लगाउने र आइसोलेसनमा राख्ने सुविधा दिने जनाएको छ ।

नेपाली लेग स्पीनर सन्दीप लामिछाने केही दिन अघि मात्र पीएसएल खेल्न कराँची पुगेका थिए । उनले रासिद खानको स्थानमा लाहोर कलन्दर्सबाट खेल्ने तय थियो । तर अब लिग अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीपले तत्काल खेल्ने नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment