Comments Add Comment

५० प्रतिशत अकुपेन्सीले चलचित्रको प्रदर्शन मिति तोक्न समस्या

भारतमा सरकारले शत प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएसँगै बलिउडदेखि साउथका अधिकांश मेकरले प्रदर्शन मिति तोकेका छन् । बलिउडमा यो बर्ष चलचित्र रिलिजको लाइनअप लामो देखिएको छ ।

तर, नेपालमा भने नयाँ चलचित्रको प्रदर्शन मिति तोक्न निर्माताहरु अझै उत्साहित छैनन् । चैत्र २७ मा ३ नयाँ चलचित्र रिलिज हुने भएतापनि त्यो अघि अपेक्षित रुपमा चलचित्र रिलिज भएनन् । लकडाउन अगाडि निर्माण भएर रोकिएका अधिकांश चलचित्रका निर्माताले पनि प्रदर्शन मिति तोक्ने आँट गर्न सकेका छैनन् ।

यसको मुख्यकारण, एक त दर्शक हलसम्म आउँछन् या आउँदैनन् भन्ने दोधारमा रहनु हो । अर्कोतिर, सरकारले शत प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती नदिनु पनि हो ।

कोरोनाका कारण १० महिनादेखि बन्द भएका हलहरुलाई संचालनका लागि सरकारले पौष २६ गते अनुमती दियो । तर, शत प्रतिशत अकुपेन्सीको अनुमती अझै दिएको छैन ।

यसका लागि पहल भैरहेको चलचित्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरु बताउँछन् । चाडै नै सरकारले शत प्रतिशत अकुपेन्सीमा हल संचालनका लागि अनुमती दिने विश्वास उनीहरुको छ ।

चलचित्र वितरक गोपाल कायस्थले भने–‘शत प्रतिशत अकुपेन्सीमा हल संचालनका लागि सरकारसँग पहल भैरहेको छ । केही दिनमै सायद सरकारले निर्णय गर्छ होला । यसपछि, चलचित्र प्रदर्शन मिति धमाधम तोकिनेछ ।’

पौषको २६ गतेबाट हल खुलेपनि यो बर्ष चलचित्र रिलिज गर्न धेरै निर्माताले उत्साह देखाएनन् । वैशाखबाट भने चलचित्र रिलिजको लय बढ्ने अपेक्षा वितरक तथा प्रदर्शकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment