+
+

कांग्रेस प्रतिपक्षी भूमिकामै रहनुपर्छ : नेता केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १४:०१

२१ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कांग्रेस सत्तामा जान हतारिन नहुने बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कुनै एक पक्षलाई समर्थन गरेर कांग्रेस विपक्षमा नै बसेर आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए ।

नेता केसीले भने, ‘अहिले हामी सत्तामा जान उपयुक्त छैन, कम्युनिस्ट सरकारले गरेका विभिन्न काण्डहरुको हिस्सेदारी बन्न सत्तामा जानु हुँदैन, विपक्षमा नै बसेर प्रतिपक्षी भूमिकामै रहनुपर्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नमाग्ने पाए नछोड्ने बताइसकेको अवस्थामा तपाईंहरुले रोक्न सक्नुहुन्छ त भन्ने पत्रकारहरुको प्रश्नमा नेता केसीले भने, ‘विधिवत रुपमा नेकपा फुटिनसकेको, कानुनी र प्राविधिक रुपले एक भएकोले औपचारिक विभाजन पछि एउटा पक्षलाई सहयोग गरेर अर्को निर्वाचनको तयारी गर्नुपर्छ, पार्टीले निर्णय गर्न बाँकी छ, सत्तामा जाँदा त्यसलाई जनताले राम्रो मान्दैनन् ।’

नेता केसीले कांग्रेसको आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?