Comments Add Comment

चाैथाे टी-२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने

२१ फागुन, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चाैथाे टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनकाे जित हात पारेकाे छ ।

यस जितपछि अस्ट्रेलियाले पाँच खेलकाे सिरिजमा २-२ काे बराबरी गरेकाे छ । अब सिरिजकाे पाँचाै खेल निर्णायक हुने भएकाे छ ।

विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएकाे न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए ।

न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे ।

न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment