+
+
Shares

रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरे : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १७:०७
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको मोतीपुरमा विकास विरोधीले ढुंगामुढा गरेको आरोप लगाएका छन् । औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा अवरोध पुर्‍याउन खोज्नेहरू विकास विरोधी भएको उनले बताए ।

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही विकास विरोधी तत्वहरूले त्यहाँ वितण्डा मच्चाउने, ढुंगामुढा गर्ने, कार्यक्रम विथोल्ने, औद्योगिक क्षेत्र बन्न नदिने प्रयास गरे, रुपन्देहीमा तर विकासका कामहरू अघि बढीरहेका छन् ।’

विवादकै कारण शिलन्यास एक हप्ता ढिलो भएको प्रधानमन्त्रीले बताए ।

स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलन्यास गरेका छन् । सरकारले प्रभावितहरूको बसोबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै त्यसको विरोध गरेका थिए ।

शुद्धोधन गाउँपालिका–३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत सहित १२० बिघा जग्गा औदोगिक क्षेत्रमा परेको त्यहाँको स्थानीयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?