+
+

कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १४:०५

२२ फागुन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् ।

सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे ।

‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौँ । सबैलाई हामी प्राथमिकताको आधारमा क्रमशः भ्याक्सिन उपलब्ध गराउछौं,’ उनले भने, ‘सरकारले खासगरी आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकास, निर्माण र समृद्धिका अभियानलाई अगाडि बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको मनोबललाई उच्च बनाउने काम गरेको छ ।’

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रका लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?