Comments Add Comment

विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड

२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।
कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु ।’

विप्लव अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले आफूले हिँडेकै बाटोमा आएको भन्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्ततः यही लाइन र यही टिममा आउनैपर्छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि विप्लव राजनीतिको मूल प्रवाहमा फर्किएकोमा खुसी व्यक्त गरे । तर कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा आउन अझै बाँकी रहेको भन्दै उनले भने, हामी उहाँलाई पनि स्वागत गर्नेछौं । र, त्यो दिनको प्रतीक्षामा छौं, जहाँ हामी काँधमा काँध मिलाएर अगाडि बढ्ने छौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment