+
+
Shares

प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

रासस रासस
२०७७ फागुन २३ गते ७:५६

२३ फागुन, कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा कैलाली गाउँपालिका-३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका-३ का गोकुल धामी, २४ वर्षीय का दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका-४ का १९ वर्षीय अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८ वर्षीय प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका-३ का लोकराज जोशी रहेका छन् ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-४ का १८ वर्षीय विपिन चौधरी, सोही उपनगरपालिका-५ का लक्ष्मण चन्द, १८ वर्षीय सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका २२ वर्षीय दिनेश खाती, १९ वर्षीय नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका-२ का १८ वर्षीय सागर बोहरा पक्राउ परेका छन् ।

यस्तै बझाङ थलारा गाउँपालिकाका २० वर्षीय शिवराज नेपाली, दुर्गाथली गाउँपालिका-५ का २० वर्षीय कृष्ण कठायत, जनवासा गाउँपालिकाका १९ वर्षीय विक्रम बोहरा, वुनपा-७ का २२ वर्षीय विमल बोहरा र जनपका २० वर्षीय जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?