+
+
Shares

जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १४:०९

२३ फागुन, गोरखा । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचे पक्राउ परेका हुन् ।

बाचेले गोरखा सदरमुकामको अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । ‘फागुन ८ गते घटना भएको रहेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘११ गते पीडितको जायरी आयो, त्यही दिन हामीले मुद्दा दर्ता गर्‍यौं तर युवक भागेर कालीकोट पुगेको रहेछ ।’

पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर गोरखा पठाएको डीएसपी दाहालले बताए । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?