Comments Add Comment

निर्वाचनबारे छलफल गर्न अफगानिस्तानका राष्ट्रपति तयार

Photo Credit : Reuters

२३ फागुन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले आफ्नो सरकार तालिबानसँगको शान्ति वार्ता अघि बढाउन निर्वाचनको विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । शनिबार राजधानी सहर काबुलमा संसदमा बोल्दै उनले निर्वाचनको माध्यमबाट सत्ता हस्तान्तरण आफूहरुको मुख्य सिद्धान्त रहेको स्पष्ट पारे ।

घानीले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायको पर्यवेक्षणमा स्वतन्त्र, निष्पक्ष र सबैलाई समेट्ने किसिमको निर्वाचनबारे छलफलका लागि तयार छौं । हामी निर्वाचनको मिति तोक्ने र निष्कर्षमा पुग्ने विषयमा पनि वार्ता गर्न सक्छौं ।’

गत साता राष्ट्रपति घानीले अफगानिस्तानका लागि विशेष अमेरिकी दूत जाल्मे खालिजादसँग भेटवार्ता गरेका थिए । उक्त वार्तामा अहिले कतारमा जारी रहेको तालिबानसँगको वार्ताको विषयमा वार्ता भएको थियो । अहिले अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीले अफगानिस्तानको रणनीतिबारे पुनर्विचार गरिरहेको छ ।

अमेरिकी दूतले तालिबानलाई पनि समेटेर अन्तरिक सरकार बनाउनुपर्नेमा जोड दिएको छ । यद्यपि अफगानिस्तानका राष्ट्रपतिले भने अफगानिस्तानको सरकारमा आउने एकमाट बाटो निर्वाचन भएको बताएका छन् । निर्वाचनबाट चुनिएका मानिसहरु मात्र सरकारमा आउन सक्ने उनको भनाइ छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment