Comments Add Comment

पर्यटक सवारी चालकलाई दिइयो सुरक्षा प्रशिक्षण

२३ फागुन, काठमाडौं । पर्यटक प्रहरी इकाई र नेपाल पर्यटन बोर्डले पर्यटक सवारीचालक, ट्याक्सीचालक तथा रिक्सा चालकलाई सुरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । पर्यटक नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालक हुने भएकोले सवारी चालकले गर्ने व्यवहारबाटै उनीहरुको नेपालप्रतिको दृष्टिकोण बन्ने भएकोले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन सरोकारवालाले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओे) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालहहरूले सोही अनुरूपको व्यवहार आवश्यक रहेको बताए ।

उनले चालकलाई अतिथि देवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलाउन सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरिक्षक (डीएसपी) डा. विवेकराज भण्डारीले कोभिडको अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीलाई जानकारी गराए । नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरीक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल संघ नेपाल हानका पमुख कार्यकारी अधिकृत टेक महतले पर्यटनमा आतिथ्यता र सञ्चारको भूमिका तथा को बारेमा पर्यटक प्रहरी इकाई भृकुटी मण्डपका प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले गरिरहेका क्रियाकलाप र गर्नु पर्ने कामका बारेमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment