+
+
Shares

११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ, रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते ७:२३

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।

सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?