Comments Add Comment

घरेलु मैदानमा साविक विजेता लिभरपुलको लगातार छैटौं हार

२४ फागुन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन जारी राख्दा घरेलु मैदानमा लगातार छैटौं हार व्यहोरेको छ ।

लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुल फलहमसँग १-० ले स्तब्ध भयो । एनफिल्डमा भएको खेलमा फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे ।

लेमिनाले ४५औं मिनेटमा गोल गरेका हुन् ।

लगातार हारपछि लिभरपुल शीर्ष स्थानको म्यानचेष्टर सिटी भन्दा २२ अंकले पछि छ । २८ खेलबाट ४३ अंकसहित लिभरपुल सातौं स्थानमा छ । जनवरीमा बर्नलीसंग घरेलु मैदानमा पराजित भएयता लिभरपुल घरेलु मैदानमा ब्राइटन, म्यानचेष्टर सिटी, एभरटन, चेल्सी, फुलहमसंग पराजित भएको हो ।

यस सिजन पाँचौ जित हात पारेको फुलहमले २८ खेलबाट २६ अंक जोड्दै रेलिगेसन जोन छाड्न संघर्ष गरिरहेको छ । । फुलहमले १७औं स्थानको ब्राइटनसंग अंक बराबरी गरेपनि अझै रेलिगेसन जोनमै छ ।

गोलअन्तरमा ब्राइटन फुलहम भन्दा अघि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment