+
+

विप्लवसँगको सहमति शंकाको घेरामा : शान्ति समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १२:५६

२४ फागुन, बुटवल । मानवअधिकार तथा शान्ति समाजका नवनिर्वाचित सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति शंकाको घेरामा रहेको बताएका छन् ।

बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति खनालले उक्त सहमतिमा हतियार व्यवस्थापनबारे कुनै उल्लेख नहुँदा नागरिक सशंकित भएको बताए । सरकार र विप्लव समूह दुवैले एकअर्कालाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेको हुनसक्ने खनालको दाबी छ ।

‘विप्लवसँग भएको सहमति स्वागतयोग्य भएपनि हतियारको कुरा उल्लेख छैन,’ खनालले भने, ‘हतारमा भएको वार्ता सहमति शंकाको घेरामा छ, हतियारको विषयमा स्पष्ट नहुँदा डरलाग्दो अवस्था आउन सक्छ ।’

सभापति खनालले हिंसाको राजनीतिको भविष्य नभएकाले विप्लव समूह सहमतिमा आउन बाध्य भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले बचाएपनि आइतबारको फैसलाले भने मुलुकलाई थप अन्योल र जटिलतामा पुर्‍याएको खनालले टिप्पणी गरे ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउन हुने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनको भनाइ छ । वर्तमान सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न नसकेको खनालले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?