
२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर मातहतमा कार्यरत गर्भावस्थामा रहेका दुईजना महिला प्रहरी कर्मचारीलाई दही चिउरा खुवाइएको छ ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् ।
आमा र बच्चाको सुस्वास्थ्यको कामना गर्दै गर्भावस्थामा रहेका प्रहरी महिला कर्मचारीलाई दही चिउरा खुवाइएको परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4