
२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका छन् ।
सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए ।
‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ उनले भने ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई पूर्ववत अवस्थामा नै राखिदिएपछिको अवस्थामा प्रचण्ड माधव समूहले आगामी रणनीति तय गर्न सोमबार स्थायी कमिटी बैठकमा छलफल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4