+

आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२०७७ फागुन  २५ गते ८:३४ २०७७ फागुन २५ गते ८:३४
आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२५ फागुन, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि जर्जिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

त्यसअघि एभरटनका बेन गोडफ्रेले ३१औं मिनेटमा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता लिएको थियो ।

६५औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले पेनाल्टी क्षेत्रमा काऐ हाभार्टलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिन्होले गोल गरे ।

जितपछि चेल्सी २८ खेलबाट ५० अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । २७ खेलबाट ४६ अंक रहेको एभरटन छैटौं स्थानमा छ ।

यस्तै अर्को खेलमा वेष्टहमले लिड्स युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेष्टहमका लागि जेस लिनगार्डले २१औं र क्रेग डवसनले २८औं मिनेटमा गोल गरे ।

जितपछि २७ खेलबाट ४८ अंक जोड्दै वेष्टहम पाँचौ स्थानमा उक्लेको छ ।

चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय