+
+
Shares

सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना, कम्तिमा १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते ११:१४

२५ फागुन, सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका-८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो ।

सगरमाथा डेरीको पर्खालमा ठोक्किएर ना१ज ८९३८ नम्बरको गाडी दुर्घटनामा बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । यी दुईजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?