
२५ फागुन, काठमाडौं । म्यानमारको यान्गोन जिल्लामा थुनिएका सयौं प्रदर्शनकारीले जिल्ला छाड्ने अनुमति पाएका छन् । म्यानमारको सेनाले लगाएको रात्रिकालीन कर्फ्यु उल्लंघन गर्दै ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएसँगै म्यानमारको सेनाले प्रदर्शनकारीहरुलाई जिल्ला छाड्ने अनुमति दिएको हो । त्यस्तै पछिल्लो समय पश्चिमा मुलुकहरु र संयुक्त राष्ट्रसंघबाट पनि म्यानमारको सेनाले उनीहरुलाई रिहा गर्न दबाव दिँदै आएका छन् ।
फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसको विरोधमा म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो आन्दोलनमा प्रहरीले गरेको दमनमा अहिलेसम्म ६० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
विभिन्न स्थानहरुबाट पक्राउ गरी हिरासतमा राखिएका प्रदर्शनकारीहरुले अहिले आफूहरु स्वतन्त्र भएको बताएका छन् । उनीहरुको सामाजिक सञ्जालमा पनि मंगलबारबाट प्रहरीले आफूहरुलाई थुनिएको स्थान छाडेको बताएका छन् । म्यानमारका युवा प्रदर्शनकारी सार या मोनेले रोयटर्ससँगको कुराकानीमा आफू एक भवनमा १५ देखि २० जना मानिसहरुसँगै एक भवनमा थुनिएको बताए । यद्यपि केही सञ्चारमाध्यमहरुले भने सोमबार र मंगलबार बिहान गरी कुनै पक्राउ पुर्जी बिना नै ५० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको उल्लेख गरेका छन् ।
-एजेन्सीहरुको सहयोग
प्रतिक्रिया 4