+
+
Shares

नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १६:२०

चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। राष्ट्रको कला, संस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सिजीले कल्चरल भिलेजको स्थापना गरेको हो।

यो भिलेजमा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ।

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेज करिब ६ बिघा जग्गामा फैलिएको छ। भिलेजमा नेपाली कलाको संग्रहालय छ। कला र साहित्यको प्रवद्र्धनका लागि कला केन्द्र बनाइएको छ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ। जहाँ कल्चरल, सभा, बैठक र सांस्कृतिक प्रदर्शनी हुनेछन्।

त्यसैगरी, ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ। यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ।

यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई सोही प्रदर्शनीमा राखिने बताइएको छ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन्।

सिजी उन्नती कल्चरल भिजेलमा फागुन २८ गतेदेखि उन्नतीसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदै छ। सोही दिन कल्चरल भिलेजको उद्धघाटनसहित महोत्सव सुरु हुने जानकारी दिइएकाे छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?