+
+
Shares

फैसलाले दलहरुको अधिकार अपहरण गर्‍यो : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १६:४७

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने गम्भीर प्रश्न उठेको बताए ।

‘राजनीतिक प्रकृतिको निर्णय र मागदावी भन्दा बढीको निर्णय भएकाले यो बेठीक हो’ नेता शर्माले भने ‘तर अदालतले निर्णय गरिसकेको हुनाले बेठीक भएको कुरा विरोध गर्दै अदालतको फैसला कार्यान्वयन गर्ने र समझदारीको आधारमा पूर्व पार्टीहरु सञ्चालन गर्ने आवश्यकता परेको हो ।’

गत आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा फैसला दिँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई निष्क्रिय बनाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?