Comments Add Comment

जमुना आले बनिन् स्पिन्ज एक्टिभ गर्ल २०२१

यस वर्षको  स्पिन्ज एक्टिभ गर्ल २०२१ सम्पन्न भएको छ । मोरङ निवासी जमुना आले मगर स्पिन्ज एक्टिभ गर्ल २०२१ बन्न सफल भएकी छिन् ।

स्पिन्जले आयोजना गर्दै आइरहेको स्पिन्ज एक्टिभ गर्ल २०२१ प्रतियागितामा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै मगर स्पिन्ज एक्टिभ गर्ल २०२१ बनेकी हुन् । प्रतियोगितामा अनामिका बस्नेत दोस्रो, गेल्मो शेर्पा तेश्रो, लक्ष्मी खालिंग र मुना खनाल क्रमश चौथौं र पाचौं स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका उपाधि विजेताहरुले नगद रु एक लाख, पचास हजार, बीस हजार र पाँच पाँच हजार पाउने छन् । देशको विभिन्न स्थानहरुबाट यस प्रतियागिताको लागि अनलाइन आवेदन दिएका थिए । उक्त आवेदनमार्फत उत्कृष्ट २० जनाले अनलाइन फिनालेको लागि छनोट गरिएको थियो ।

अनलाइन फिनालेमा प्रतियोगीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए। फाईनल प्रतियोगिताका निर्णयक मण्डलमा मिस नेपाल २०१० सदिच्छा श्रेष्ठ, फेशन भ्लगर पराक्रम राणा र नेपाल महिला राष्ट्रिय बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ रहेका थिए ।

अनलाइन फिनाले कार्यक्रममा बोल्दै केभिनकेयर प्रमुख अरुण चकोले स्पिन्जले एक ब्राण्डको रुपमा अहिलेको विषम परिश्थितिमा पनि नारीहहरुको माझ स्पिन्जले आफ्नो छुटै पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गरे ।

स्पिन्ज नेपालमा नारी सौन्दर्य सम्बद्ध उत्पादनहरुको बजारमा अग्रणी ब्राण्डको रुपमा स्थापित छ । यसले डियोडोर्‍यान्ट्स, पर्फ्युम्स, बीबी क्रिम, बीबी टाल्क र विविध टाल्कम पाउडर लगायत नारी सौन्दर्य एवं सुगन्ध समूहका उत्पादन गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment