
२५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७१५ जनाको नमुना परीक्षण गर्दा २५ महिला र ३४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । उनीहरुमध्ये मंगलबार थप एकजनासहित ३ हजार १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६० जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ९८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८७० रहेको रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4