+
+
Shares

माओवादीमा कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १५:००

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य रहेको कार्यदल गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?