Comments Add Comment

डोटीमा एमालेका २ समूहले गरे छुट्टाछुट्टै कार्यालय उद्घाटन

पुष्पलाल स्मृति भवनमा कार्यालय उद्घाटन गर्दै ओली समूह ।

२६ फागुन, डोटी । डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना भएको छ ।

मंगलबार साविकको नेकपाको पार्टी कार्यालयमा एमालेको कार्यालय स्थापना भएको थियो । दुई पार्टी एक हुनुअघि पनि एमालेको कार्यालय सोही भवनमा थियो ।

तर बुधबार अध्यक्ष केपी ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ । बुधबार संविधान सभा सदस्य गौली ओलीले रिवन काटेर कार्यालय उद्घाटन गरिन् । कार्यक्रममा ओली समूहको नेकपाको केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षलगायत नेता कार्यकर्ता सहभागी थिए ।

२०६९ सालमा सम्पन्न एमालेको सातौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चक्रबहादुर मल्ल र सचिवमा रामबहादुर ऐर निर्वाचित भएका थिए । एमाले र माओवादी एकीकरण भई बनेको नेकपाका पनि अध्यक्ष रहेका मल्ल प्रधानमन्त्रीले पुष ५ गते गरेको प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको भन्दै माधव प्रचण्ड समूहलाई साथ दिए ।

मल्ल अर्को गुटमा गएपछि ओली पक्षले साविकको एमालेका जिल्ला सचिव ऐरलाई अध्यक्ष बनाएको थियो । जिल्ला समन्वय समिति प्रमुख समेत रहेका ऐर नेकपामा जिल्ला कार्यदलका सदस्य थिए ।

एमालेकै दुई कार्यालय स्थापना भएपछि कार्यकर्ता अन्यौलमा परेका छन् । ‘यसले एमाले पनि अब बिभाजन हुन्छ भन्ने कुराको संकेत गर्छ’ एमाले एक कार्यकतौले भने ‘नेताहरुले बेलैमा वुद्धि पुर्‍याएनन् भने ठूलो दुर्घटना हुने देखिन्छ ।’

माओवादीले पनि खोल्यो कार्यालय

डोटीमा बुधबार नेकपा माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापना गरेको छ ।

दिपायल सिलगढी नगरपालिका–६ मल्लोबजारमा पार्टी कार्यालयको उद्घाटन माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कमल गड्सिला ‘एनान’ ले गरेको जिल्ला कमिटी सदस्य भरत बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment