+
+
Shares

नेपालले भारत र बंगलादेशमा उर्जा निर्यात गर्न सक्छ : भारतीय विदेश सचिव

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १८:१९
हर्षवर्द्धन श्रृङ्गला

२६ फागुन, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले नेपालले उत्पादन गरेको विजुली भारत र बंगलादेशमा निर्यात गर्न सक्ने बताएका छन् ।

भारतीय थिंक ट्याङ्क रिसर्च एण्ड इनफरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिजले नयाँ दिल्लीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले हाल ७०० मेगावाट भन्दा बढी विजुली भारतबाट किने पनि निकट भविष्यमा विजुली निर्यात गर्ने सक्ने बताए ।

उनले भने,‘अहिलेसम्मकै सबैभन्दा उच्च क्षमताको ढल्केबरदेखि मुजफ्परपुरसम्मको सीमापार ट्रान्समिसन लाइनको निर्माण कार्य भर्खरै सम्पन्न भएको छ । अरु थप ट्रान्समिसन लाइन बनाउने योजना छ ।’

उनले अरुण तेस्रो, तल्लो अरुण र माथिल्लो कर्णाली विद्युत परियोजनाको निर्माण भइरहेको पनि उल्लेख गरे । उनले अगाडि भने,‘माथिल्लो कर्णाली निर्यात गर्ने ढंगले अगाडि बढाइएको हो र यसको विद्युत भारत र बंगलादेशमा सप्लाई हुने छ ।’

भारतीय विदेश सचिव श्रृङ्गलाले भुटान, बंगलादेश, नेपाल, म्यानमार र भारतलाई समेटेर ‘इनर्जी हब’ बनाउन गृहकार्य गरिरहेको समेत बताए ।

उनले भने,‘परम्परागत स्रोत, जलविद्युत, सौर्य र अन्य पेट्रोलियम पदार्थलगायतका क्षेत्रमा भारतले उर्जा आवश्यकताको क्षेत्रीय एप्रोचको नेतृत्व गर्न चाहिरहेको छ ।’

उनले उर्जाको सबैभन्दा ठूलो उत्पादक र खपतकर्ताको हिसाबले भारत कुनै पनि उर्जा पहलको स्वाभाविक केन्द्रविन्दु भएको पनि बताए । श्रृङ्गलाले उर्जा सहकार्यका लागि सार्क र विमस्टेकले तयार पारेका योजना पनि कार्यान्वयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?