Comments Add Comment

बार्सिलोना च्याम्पियन लिगको अन्तिम १६ बाटै बाहिरियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १-१ को बराबरी खेलेपछि समग्रमा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

बार्सिलोना सन् २००६-०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो ।

पहिलो लिगमा पीएसजीले ४-१ को जित हात पारेको थियो । बार्सिलोनालाई क्वाटरफाइनल पुग्न कम्तीमा ४-० को जित आवश्यक थियो । तर दोस्रो लेग १-१ को बराबरी भएपछि बार्सिलोना बाहिरियो ।

पीएसजी सहज जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा किलिएन एमबाप्पेले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाले अग्रता लिने अवसर पाए पनि गुमायो ।

एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो तर मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए ।

मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment