+
+
Shares

कलैया उपमहानगरपालिका-८ का वडाध्यक्षको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १५:२४
विक्रम यादव

२७ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । काठमाडाैस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो ।

एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका यादवको बिहान १० बजेतिर मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए ।

स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि यादव शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र उपचारको क्रममा वडाध्यक्ष यादवको निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिए ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

यादवका चारजना छोरा र तीनजना छोरी छन् । छोराहरु सबै बेरोजगार नै रहेकाले उनको निधनपछि परिवारको आर्थिक अवस्था झनै नाजुक हुने आफन्तहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?