Comments Add Comment

‘विप्लव’लाई प्रचण्डको चुनौती : शास्त्रार्थ गरौं, तपाईंहरुले जिते पछि लाग्न तयार छु

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।

‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईंहरुले जित्नुभयो भने म तपाईंका पछि लाग्छु ।’

आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।

‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे, ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०/१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’

प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईंको विचारमा तपाईं लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’

अहिले जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment