Comments Add Comment

फेरि अनशन बस्ने डा. केसीको चेतावनी

फाइल तस्वीर

२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने चेतावनी डा.गोविन्द केसीले दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले प्रधानमन्त्री र शिक्षामन्त्रीले पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन दिन खोजेको भन्दै उनले पुनः अनशन बस्ने चेतावनी दिएका हुन् ।

डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’ पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको विज्ञप्तिमा उल्लेख छ  ।

अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनु पर्ने, विश्वविद्यालयको उपकुलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग उनले राखेका छन् ।

आफूले राखेको माग पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment