Comments Add Comment

पाकिस्तान सुपर लिगको बाँकी खेल जुनमा गर्ने तयारी

२८ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । खेलहरु कराँचीमा हुनेछ ।

खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि दुई साता अघि प्रतियोगिता स्थगित गरिएको थियो ।

पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किए । सुरुमा सन्दीप टिममा नरहेपनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment