Comments Add Comment

अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

२८ फागुन, सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् ।

छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।

उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् ।

अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment