Comments Add Comment

मेयर्स कपको फाइनलका लागि पुलिस र एपीएफ तयार

२८ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट २०७७ को फाइनलमा शनिबार त्रिवि क्रिकेट मैदानमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा पुलिस र एपीएफसहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई स्थानमा रहेका पुलिस र एपीएफ फाइनल पुगेका हुन् ।

दुवैले लिगमा चारमध्ये समान ३ खेल जितेका थिए । तर नेट रनरेटको आधारमा पुलिस शीर्ष स्थानमा र एपीएफ दोस्रो स्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

बागमती प्रदेश तेस्रो, त्रिभुवन आर्मी क्लब चौथो र काठमाडैं मेयर ११ पाँचौ भएको थियो ।

लिग चरणमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिसलाई त्यो हारको बदला लिने अवसरसमेत छ ।

शुक्रबार भएकाे प्रि फाइनल कन्फ्रेन्समा नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ र एपीएफका कप्तान शरद भेषावकरले फाइनलका लागि तयार रहेकाे बताए ।

एपीएफका कप्तान शरदले फाइनल खेललाई नयाँ खेलकाे रुपमा लिएर खेल्ने बताए । ‘टिमले अहिलेसम्म पूरा इफाेर्ट लगाएर खेलिरहेको छ । कन्फिडेन्स लेभल राम्रै छ । कन्सिस्टेन्स खेलिराछ’ शरदले भने, ‘यसअघि पीएम कपमा फाइनलमा ब्याड गेम भएकाे थियाे । यसपटक अगाडि नै ब्याड गेम भयाे । त्यसैले फाइनलअघि राम्राे फिलिङ छ ।’

एपीएफले लिगमा पुलिससँग हार व्यहोरे पनि त्यो विगत भइसकेको कप्तान भेषावकर बताउँछन् । ‘लिगमा जे भए पनि भाेलि नयाँ गेम हुनेछ । खेलाडीहरु पहिलाे खेलदेखि नै केही घाइते थिए तर उनीहरुले राम्रै खेलिराखेका छन् । फाइनलअघि सबै उत्साहित छन्’ उनले भने ।

शरदले व्यक्तिगत रुपमा दबाब नलिएकाे र सामूहिक प्रदर्शन भए खेल जित्न सकिने बताए ।

यस्तै पुलिसका कप्तान मन्जितले पनि तयारी राम्राे भएकाे भन्दै सबैजना फाइनल खेललाई लिएर उत्साहित रहेकाे बताए । ‘टिमकाे तयारी राम्राे छ । टिम मेम्बर उत्साहित छन् । फाइनलमा राम्राे गर्छौं भन्नेमा विश्वास छ । हामी नर्मल रुपमा आफ्नाे गेम खेल्छाैं । हामी आफ्नाे खेलमा कन्फिडेन्ट छाैं’ उनले भने ।

एपीएफ राम्राे टिम हो भन्दै मन्जितले जित्ने याेजना अनुसार खेल्ने बताए । उनले आफ्नाे भन्दा टिमकाे जित महत्वपूर्ण हुने भन्दै टिम गेम खेल्ने बताए । फाइनलमा बलिङ भन्दा ब्याटिङमा राम्राे गर्नुपर्ने कप्तान मन्जितले बताए ।

मेयर्स कपकाे विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउनेछन्।

मेयर्स कपमा पुलिसको नतिजा

वाग्मती प्रदेशविरुद्ध २ रनले विजयी
एपीएफविरुद्ध १ विकेटले पराजित
आर्मीविरुद्ध ३ विकेट विजयी
काठमाडौं मेयर्स-११ विरुद्ध १०३ रनले विजयी

एपीएफको अहिलेसम्मको नतिजा

आर्मीविरुद्ध १ विकेटले विजयी
पुलिसविरुद्ध १ विकेटले विजयी
वाग्मतीविरुद्ध २७ रनले पराजित
काठमाडौं मेयर-११ विरुद्ध ७ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment