Comments Add Comment

नेपाल सुपर लिग फ्रेन्चाइज फुटबलको टिम मालिक र टिम घोषणा आज हुँदै

१ चैत, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) को टिम र मालिकको घोषणा आज हुँदैछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पाँच तारे होटलमा कार्यक्रम गर्दै शहरको नाममा टिम र टिम मालिकको घोषणा गर्न लागेको हो । सोल्टी होटलमा २ बजे हुने कार्यक्रमबाट ७ शहरको नामबाट ७ टिम र टिम मालिक सार्वजनिक गरिनेछ ।

एनएसएस आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा आयोजना गरिने आयोजकले यसअघि नै जानकारी गराइसकेको छ । ७ वटै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी टिम समावेश गरिने आयोजकले जनाएको छ । ‘आज टिम र टिम मालिकको घोषणा हँदैछ,’ एनएसएसका सिइओ सुदीप शर्माले भने ।

एनएसएसलाई अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्नेछ ।

२०१९ जनवरी १ मा एनएसएस गर्ने घोषणा भएपनि त्यसको दुई वर्षपछि मात्रै यसले मुर्त रुप लिन लागेको हो ।

क्रिकेटमा जस्तै अब फुटबलमा पनि शहरको नामबाट टिम बनाइने र खेलाडीको अक्सन गरेर एनएसएल आयोजना गरिँदैछ ।

विदेशी खेलाडीसमेत लिगमा समावेश हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment