Comments Add Comment

तोलामा चार सयले बढ्यो सुनको भाउ

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आइतबार भने ८६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार ७५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२७० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment