Comments Add Comment

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

१ चैत, काठमाडौं । काठमाडौंको जडिबुटीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर लोकन्थली बस्ने ६५ वर्षीया गणेशमाया तिमल्सिना र मोटरसाइकल चालक काठमाडौं मूलपानी नयाँबस्ती बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

बा ९२ प १४३ नम्बरको मोटरसाइकलले पैदलयात्री गणेशमायालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको केएमसी अस्पताल सिंनामगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौंको मूलपानी नयाँबस्ती बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment