+
+
Shares

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १८:२६

१ चैत, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गतेका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेका लागि बैठक बोलाएका हुन् ।

चैत ४ गते दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका लागि दलको बैठक बोलाइएको छ, हामीलाई म्यासेजमार्फत् बैठक बस्ने जानकारी आएको हो,’ थापाले भने ।

संसदीय दलको बैठकमा एमालेका सबै प्रदेशसभा सदस्यलाई उपस्थितिका लागि बोलाइएको एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

सोही दिन एमालेको खनाल–नेपाल समूहले भने काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । उक्त भेलामा सहभागी हुन खनाल–नेपाल समूहका अधिकांश सांसद काठमाडौं गइसकेको प्रदेशसभा सदस्य थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?