+
+

एमालेसँग सत्ता सहकार्य हुन्न : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १८:२५

१ चैत, बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसंग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो, सत्ता साझेदारीका लागि हैन ।’

उनले कम्युनिष्ट र कांग्रेस दुबै शक्ति सरकार चलाउन असफल सिद्ध भएको भन्दै अब सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने धारणा राखे । सरकारको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने पनि यादवले बताए ।

यादवले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सम्भव नभए ओलीइतरका माओवादी केन्द्र र नेपाली कांग्रेससंग मिलेर संयुक्त सरकार बनाउने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?